महिला दिवस मनाउनेबारे तयारी बैठक सम्पन्न

दाङ, १४ फागुन ।  लमही नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस तयारी बैठक गरेको छ । यहि फाल्गुन २५ गते मनाउन लागिएको अन्तर्राष्ट्रिय महिला दिवसलाई कसरी भव्य र सभ्य तरिकाले मनाउन सकिन्छ भन्नेबारे छलफल भएको महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले जानकारी दिनु भयो ।

उक्त दिवसका दिन र्याली प्रदर्शन, वक्तृत्व कला र कुर्सि दौड राखिने भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका खड्कालेजानकारी दिनु भएको छ । कार्यक्रम लमही नगरपालिकाको सभा हलमा हुने भएको छ ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले महिला सशक्तीकरणका लागि महिला आफै जागरुक हुन जरुरी रहेको बताउनु भयो । “पुरुषको तुलनामा महिला माथी बोझ रहेको छ, घरदेखी कार्यालयसम्म, चुल्हो चौको देखि पानी पधेरो सम्म जिम्मेवारी रहेको हुन्छ, यस्ता बोझलाई निस्तेज गर्नका लागि पुरुषको अनिवार्य सहयोग चाहिन्छ” उपप्रमुख योगीले भन्नू भयो ।


कार्यक्रम यहि फाल्गुन २५ गते मनाउनेगरी तयारी भई रहेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमलाई सफल गराउनका लागि नगर स्तरीय महिला संजाल समेत गठन गरेको छ ।

जसको अध्यक्षमा विना न्यौपाने भुसाल, उपाध्यक्षमा सीता अधिकारी, सचिवमा शिवा चौधरी, कोषाध्यक्ष निकिता चौधरी, कल्पना पछाई, सीता आचार्य, यमुना सेढाई, शान्ता पोख्रेल, मिना चौधरी, प्रमिला चौधरी र गीता चौधरी सदस्य रहनु भएको छ ।

त्यसैगरी रिमा विक, हुकुमी मल्ल, सोभा चौधरी, यमवती चौधरी, द्रोपता वली, सोभा श्रेष्ठ, प्रेरणा पछाई, सहाना श्रेष्ठ, लिला शाह र चुमा आचार्य संजालको सल्लाहकार रहनु भएको छ ।