५ महिना भन्दा बढि टिकेनन्, दाङका सीडीओ कुरुम्बाङ

तुलसीपुर
१२ कात्तिक / आउदा नै चर्चित बनेका दाङका सीडीओ अन्ततः ५ महिना भन्दा बढि टिक्न सकेनन् । उनले घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोलामा आवतजावत सहज बनाउनकालागि भूमिका निर्वाह गरेका थिए । पत्रेखोला पुल निर्माणको काम अघि बढेको छ ।

चारलेन निर्माणको सुरुवातमा उनको भूमिका छ । तर, काम अघि बढ्न सकेन । अन्य ढिला सुस्त भएका विकास निर्माणमा उनले चासो देखाएका थिए । तर, पनि उनै सीडिओ ५ महिना भन्दा बढि टिक्न सकेनन् । उनी गएको असारमा दाङ सरुवा भएर आएका हुन् ।

उनको गृहमन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा दाङको सीडीओको रुपमा सहसचिब हिरालाल रेग्मी आउन लागेका छन् ।


यस अघिका दुई सीडिओ पनि पाँच महिनासम्म पनि टिक्न सकेनन् । यो भन्दा अघिका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको पनि चार महिनामै सरुवा भएको हो । गएको बर्ष फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका उनको गृहमन्त्रालयमा सरुवा गरिएको थियो । त्यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन/चार महिनामै सरुवा भएको थियो । २०७७ कात्तिकमा आएका आचार्यको फागुनमा सरुवा भएको थियो ।

कानुन विपरितका क्रसर उद्योगको काम अघि बढेन
दाङका १० वटा क्रसर उद्योगले बालुवा वासिङ गर्ने मात्रै अनुमति लिएका छन् । तर, उनीहरुले क्रसर उद्योगको काम गर्दै आएका छन् । ति क्रसर उद्योगलाई बन्द गर्न भनि २०७८ जेठ ९ गते नै तत्कालिन सीडीओ जयनारायण पुनले सूचना जारी गरेका थिए । तर, त्यो प्रक्रिया अघि बढ्न सकेको छैन ।