दंगीशरणमा काँग्रेस विजयी, एमालेले पालिका गुमायो, वडा थप्यो

दीपक बोहरा
दाङ,३ जेठ ।

दाङको दंगीशरण गाउँपालिकामा काँग्रेसले विजयी हाँसिल गरेको छ । अध्यक्षमा काँग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पीमा कुमारी खड्काले विजयी हाँसिल गरेका हुन् । गिरीले ५७६७ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका मेघनाथ शाहले ४०४९ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १६१८ हो ।

त्यस्तै उपाध्यक्षमा खड्काले ४७७९ मत प्राप्त गरेकी छिन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका बुधनी चौधरीले ४३११ मत प्राप्त गरेकी थिइन । उनीहरुबीचको मतान्तर ४६८ हो । खड्का यस अघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएकी थिइन । अध्यक्षमा भने एमालेका भागीराम चौधरीले जितेका थिए । दंगीशरणमा १८१०६ जना मतदाता रहेकोमा १००८७ मत खसेको थियो ।

वडामा माओवादीलाई क्षति
दाङको दंगीशरण गाउँपालिकाका वडामा माओवादीले क्षति ब्यहोरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ वटा वडा जितेको माओवादीले अहिले एउटा वडा पनि जित्न सकेन । वडा नं. ५,६ र ७ नम्बर वडा जितेको माओवादीले अहिले ति वडाहरु गुमाउन पुग्यो । ५ मा दीपक गौतम र ७ मा विरबहादुर वली दोहोरिन खोजेपनि चुनाब हारे । ५ नम्बर वडा एमालेले जित्यो भने, ६ र ७ नम्बर वडा काँग्रेसले आफ्नो हातमा लिन सफल भयो ।


त्यस्तै एमालेले अघिल्लो चुनाबमा दंगीशरण १ जित्न सफल भएको थियो । तर, त्यो वडा गुमाएपनि वडा नं. २, ४ र ५ हातमा लिन सफल भएको छ । वडा नं. १ मा अघिल्लो पटक निर्वाचित श्रीराम चौधरी चुनाबी मैदानमा थिए । उनले हारे । २ मा काँग्रेसले जितेको वडा हो । सोही वडामा काँग्रेसले पुनः दीपक गौतमलाई दोहो¥याउन खोजेको थियो । त्यो वडामा एमालेले कब्जा जमाउन सफल भयो ।

त्यस्तै काँग्रेसले १, ३, ६ र ७ नम्बर वडा जित्न सफल भयो । ३ नम्बर वडा यस अघि पनि काँग्रेसुले नै जितेको थियो । भने अन्य तीन वटा वडा मध्ये १ नम्बर एमालेले र ६ र ७ माओवादीले जितेको वडामा आफ्नो कब्जा जमाउन सफल भयो ।