लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

दाङ, १२ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवलाई भ्रष्टाचारको मुद्दा लागेपछि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाले उनी स्वतः निलम्बनमा परेको लुम्बिनी प्रदेश सभा सचिवालयले शनिबार सूचना जारी गरि जानकारी दिएको हो ।

प्रदेशसभा सचिब सचिब दुर्लभ कुमार पुनले सूचना जारी गरि यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेकाले सोही अनुसार निलम्बन गरिएको जानकारी दिनुभयो । उहाँ विरुद्द सार्वजनिक सम्पति(बन पैदावार) को हानीनोक्सानी गरि भ्रष्टाचार गरेको भन्ने विषयमा मुद्दा परेको हो । उहाँ विरुद्द फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो ।


उहाँ कपिलवस्तु क्षेत्र नम्बर ३ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादव यस अघि उद्योग,पर्यटन तथा यातायात ब्यबस्था मन्त्री हुनुहुन्थ्यो । उहाँलाई मुद्दाको किनारा नलाग्दासम्म निलम्बित गरिएको हो ।