रेखा शर्माले स्वीकारिनन् उपराष्ट्रपति बन्न प्रचण्ड र ओलीले गरेको प्रस्ताव

काठमाडौं, २१ पुस ।
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले उपराष्ट्रपति बन्न आएको प्रस्ताव अस्वीकार गरेकी छन्।

माओवादी केन्द्रको उच्च स्रोतका अनुसार शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति बन्न आग्रह गरेका थिए। शर्माले भने ओली र प्रचण्ड दुबैतिरबाट आएको प्रस्तावलाई अस्वीकार गरेकी हुन्।


शर्मा उपराष्ट्रपति बने उनी निर्वाचित भएको दाङ क्षेत्र नं. २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्थ्यो। त्यस्तो अवस्थामा एमाले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाउने ओलीको योजना थियो। ओलीको योजनामा प्रचण्डसमेत सहमत भएका थिए।

मंसिर ४ गते भएको निर्वाचनमा दाङ–२ मा शर्माले पोखरेललाई १ सय ९३ मतले हराएकी थिइन्।