घोराही–तुलसीपुर– र घोराही–भालुवाङ सडकमा टाइम कार्ड लागु हुने

तुलसीपुर,६ फागुन । दाङको घोराही–तुलसीपुर र घोराही–भालुवाङ सडक खण्डमा टाइम कार्ड लागु हुने भएको छ ।

१४ फागुन दखि टाइमकार्ड लागु हुने गरि छलफल भएको हो । आईतबार दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतातामा भएको यातायात व्यवसायी सम्वद्ध सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।


यातायात व्यवस्थापनलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन टाइम कार्ड लागु गर्ने तयारी भएको हो । त्यसकालागि १३ फागुनमा पुनः सरोकारवालाहरुसंग बैठक बस्ने तय भएको छ ।