दाङमा ब्राउनसुगर र नाईट्राभेटसहित चारजना पक्राउ

तुलसीपुर
२१ माघ / दाङमा लागुऔषधसहित चारजना पक्राउ गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विहीबार लागु औषध बिक्रि बितरण ,खरीद गरी रहेको अवस्थामा ३५० मिली ग्राम ब्राउन सुगर र २६ ट्यावलेट नाईट्राभेट सहित ४ जनालाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा बबई गाउपालिका वडा नं.६ बस्ने बर्ष २६ का संजिब वोहरा, बबई ६ खिलतपुर बस्ने बर्ष २९ का हेमन्त केसी, शान्तिनगर गाउपालिका वडा नं.२ बस्ने बर्ष ३० को लोकेन्द्र विष्ट र तुलसीपुर उपमहानगरपालिका वडा नं.७ राजापुर बस्ने बर्ष १९ का रोहन नेपालीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार तुलसीपुर तथा आसपासका वडाहरुबाट उनीहरुलाई पक्राउ गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।