दंगीशरणमा जारी गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप खेलकुद प्रतीयोगिता सम्पन्न

दंगीशरण, ६ फागुन ।
दंगीशरण गाउँपालिकाको आयोजनामा जारी गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप २०८० को आइतबार एक औपचारीक कार्यक्रमकाविच समापन गरीएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल उदेश्यका साथ गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप २०८० को आइतबार एक औपचारिक कार्यक्रमका बिच समापन गरीएको हो ।

समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेलाडी देशका गहना भएकाले खेलाडी र खेल क्षेत्रको उचाइका लागी आफु सदैव तत्पर रहेको बताउनुभयो । खेलकुदले सारिरीक स्वास्थ्य र मानसिक स्वास्थ्यलाइ समेत स्वस्थ राख्ने भएकाले खेलकुद हुनु आफैमा सवल पक्ष रहेको बताउनुभयो । खेलाडीहरुको प्रोत्साहन तथा उनिहरुको सर्वाङ्गिण बिकासका लागी आफु निर्वाचित भएर आयपस्चात अध्यक्षकपको थालनि गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।

खेल जित्नका लागी मात्र नभइ अनुसासन र लगनशीलताको प्रतीक समेत रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकाले अध्यक्षकपमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ समेत समेट्ने पहिलो गाउँपालिका रहेको दावी गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले खेलकुदको माध्यमबाट सद्भाव तथा मित्रता बढ्ने भएकाले पनि खेलकुदलाइ अनुसासित तथा सभ्य तवरले लिन खेलाडीहरुलाइ सुझाव दिनुभयो ।


३ दिन सम्म जारी खेलकुद प्रतीयोगिताहरुमा पुरुष फुटवल तर्फ वडा नं. ६ प्रथम,वडा नं. ४ द्धितीय र वडा नं. ५ तृतीय भएका छ्न् । पुरुष भलिवल तर्फ वडा नं. ५ प्रथम ,वडा नं. ६ द्धितीय र वडा नं. ३ तृतीय भएका छन् । महिला भलिवल तर्फ वडा नं. ६ प्रथम,वडा नं. ५ द्धितिय र वडा नं. ३ तृतिय भएका छन् ।

वैसाखि दौड तर्फ रुपलाल चौधरी प्रथम,नोखिराम विक द्धितिय, शुकलाल बिक तृतीय र लक्ष्मण चौधरीले सान्त्वना स्थान हासिल गरेका हुन । यस्तै कुर्सिदौड तर्फ दुर्गा वस्नेत प्रथम,नारायणि देवकोटा द्धितिय, पेशलि वलि तृतीय र प्रदेशि चौधरीले सन्त्वाना स्थान हासिल गरेकी हुन् ।

समापन समारोह गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएकोथियो ।

समापन अवसरमा कार्यपालिका सदस्य टंकी भण्डारी,वडा नं. ५ का वडा अध्यक्ष निरज वस्नेत, वडा नं. ४ का वडा अध्यक्ष कमल थारु,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी,लगायतले आ–आफ्नो भनाइराख्नु भएकोथियो । समापन समारोहको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गरेकाथिए ।