
मिति २०८२ साउन २८ गते ।
मेष : उत्साह उच्च रहनेछ, तर हतारमा निर्णय नगर्नुहोस्। व्यापारमा नयाँ अवसर आउन सक्छ, सम्बन्धमा आत्मीयता बढ्नेछ।
वृष : परिवारमा सामञ्जस्य रहनेछ। आर्थिक लाभको योग छ, तर अनावश्यक खर्च पनि बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
मिथुन : सामाजिक कार्यमा सक्रिय भइनेछ। अध्ययन–अध्यापनमा मन जानेछ, तर मानसिक तनाव पनि हुनसक्छ।
कर्कट : आर्थिक क्षेत्रमा सुधार आउनेछ। घर–परिवारमा खुसी छाउनेछ। नयाँ कार्य योजना सुरु गर्न अनुकूल समय।
सिंह : आफ्नो प्रयासबाट सम्मान प्राप्त हुने दिन रहेको छ । नोकरीमा प्रगति होला ।व्यापारमा लाभ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या : विदेश यात्रा वा सम्पर्कबाट लाभ हुने दिन छ ।बोलीमा संयमता अपनाउनुपर्छ।
तुला : आर्थिक लाभको राम्रो योग छ ।सम्बन्धमा प्रगाढता आउला ।स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।
वृश्चिक : कर्म क्षेत्रमा सफलता हुनेछ ।मान–सम्मान बढ्ने छ । खर्चमा नियन्त्रण गर्नुहोस्।
धनु : धार्मिक कार्यमा रुचि वढ्ला परिवारमा खुसी छाउनेछ । स्वास्थ्यमा सानो समस्या हुनसक्छ।
मकर : व्यापारमा राम्रो लाभ होला ।नयाँ साथी–सहयोगी भेटिने योग छ ।मानसिक चञ्चलता रहनसक्छ ख्याल गर्नुहोला ।
कुम्भ : साझेदारी वा सम्बन्धमा सुधार आउनेछ। परिवारमा सुमधुर वातावरण रहनेछ।
मीन : सीप र क्षमताको उचित उपयोग गर्न सकिने दिन छ अध्ययनमा प्रगति हुनेछ तर आलस्य गर्ने वानिले दुख दिन सक्छ ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद्
9848060799



लाइभदाङ । २९ श्रावण २०८२, बुधबार ०७:१३ बजे