तुलसीपुर, २ फागुन । दाङबाट एक महिनामा ८ जनाले नेपाली नागरिकता त्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङबाट माघ महिनामा मात्रै ८ जनाले नेपाली नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनले जानकारी दिनुभयो । विदेश गएर उतै बसोबास गर्न थालेपछि नेपाली त्याग गर्ने गरिएको छ ।
त्यस्तै माघ महिनामा अनलाईन माध्यामबाट फाराम भरेकाहरुमध्ये २ हजार २ सय ४४ जनालाई इपासपोर्ट वितरण गरिएका हा । सोही महिना एक हजार ६ सय ६७ जनाले अनलाईन माध्यामबाट पासपोर्टकालागि फाराम भरेका छन् ।
त्यस्तै ३२ जना नावालकको पासपोर्टकालागि अनलाईन फाराम भरिएको छ । माघ महिनामा मात्र दाङमा एक हजार ८२ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । सोही महिना २ हजार दुई सय ४४ जनाले राष्ट्रिय परिचयपत्रको फाराम भरेका थिए । दाङबाट माघ महिनामा ५ जनालाई बैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको छ, भने एक जनाले जन्मको आधारमा तथा २ जनाले आमाको नामबाट नागरिकता पाएका छन् ।
त्यस्तै १० जनाले गैरआवासिय नागरिकता पाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुनका अनुसार एक हजार १८ जनालाई प्रतिलिपी वितरण गरिएको छ ।
लाइभदाङ । २ फाल्गुन २०८०, बुधबार १९:०१ बजे