वाईसीएलले थाल्यो बाढी पीडितको अस्थायी आवास निर्माण

काठमाडौ, २८ भदौ ।
सुरुवात देखिने बाढी प्रभावित क्षेत्रमा सक्रिय रहेको वाईसीएलले ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरिरहेको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने र प्रभावित परिवारको गास, बास तथा अन्य आवश्यकतामा सहयोग गर्ने काम भइरहेको छ।

अध्यक्ष पुष्प ओलीका अनुसार अरु जान नसकेको र गर्न नसकेको काम हामीले गरिरहेका छौं वैकल्पिक सडक हुदै कठिन भूगोल र मौसमी प्रतिकुलता पार गर्दै रसुवामा अति आवश्यक सामग्रीहरू ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेटहरू, सेनिटरी प्याड, म्याट्रिक्स लगायत सामग्री लगेर पुगेको थियो भने नुवाकोटको त्रिशुली पारी सडक सञ्जाल विच्छेद भए पश्चात धादिङको बाटो कठिन भूगोल पार गर्दै विदुर नगरपालिकाका अति नै प्रभावित वडाहरु ७,८ र ९ त्यहाँ आवश्यक परेका सामग्रीहरू सिरक, डसना, तन्ना लगायत, औषधिहरू, स्टेशनरी सामग्री, म्याट्रिक्स खाद्यान्न सामग्री चप्पलहरू, बच्चाको कपडाहरु सहित पुगेको थियो।

राहत वितरण संग संगै धादिङ र नुवाकोटका घरहरु सरसफाई गरिरहेको छ , स्थानीय बासिन्दाहरुको सुझाब अनुसार अस्थायी आवास निर्माण पनि सुरु गरेको छ। मातृ पार्टी संयोजक प्रचण्ड को निर्देशन र स्थानीय आवश्यकता अनुसार काम भैरहेको अध्यक्ष ओलीले जानकारी दिए। पहिले चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका वार्ड नम्बर ७ को ठुलो खोला , लामोस्वती , रातमाटे , महादेव फाट का प्रभावित परिवारको लागि १५० वटा अस्थायी आवास निर्माण हुने छन्।


आज को दिनसम्म पनि पिडित परिवारको घर सरसफाई हुन् सकिरहेको छैन भने बस्ने वास को टुंगो छैन यहि समस्यालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माणको आवश्यकता परेको हो ।

निभेको चुलो – बालौ १ मरेको आशा -जगाउ ११ अभियान मार्फत बाढी पीडितहरुलाई खाना पकाउने ग्यास , खाद्यान्न उपलब्ध गराइरहेको छ , चरम ग्यास अभावका बाबजुत सिमित श्रोत ,साधन, केन्द्र सरकारको असहयोग लगायतका प्रतिकूलताका बावजुद सांगठनिक जनसम्पर्क केहि सहयोगी दाताहरूको सहयोग मार्फत काम गरिरहेको छ ।