विश्वविद्यालयका शिक्षक, कर्मचारीको परीक्षा लोकसेवाले लिने

दाङ, ३२ साउन । नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न दिने भएको छ ।

यस अघि सेवा आयोगले लिदै आएक सबै परीक्षाहरु अब लोक सेवा आयोगले लिने भएको हो । विश्वविद्यालय र आन्दोलतरत विद्यार्थीहरुबीच वर्ता कर्मचारी र शिक्षक नियुक्तीकालालागि लिइने परीक्षा र नतिजा प्रकाशन गर्ने जिम्मा लोक सेवा आयोगलाई नै जिम्मा दिने सहमति भएको हो ।

सेवा आयोगले परीक्षा लिदा आफू अनुकूलका कर्मचारी र शिक्षक नियुक्ती हुने गरेको गुनासो आएपछि यस्तो सहमति भएको हो । त्यो सहमति भएपछि विद्यार्थीहरुले लगाएको ताला खोलेका छन् ।


विश्वविद्यालको सेवा अयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा नेपाल विद्यार्थी संघले लगाएको तालाबन्दी खुलेको हो । गएको असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएका थिए ।

विश्वविद्यालयको तर्फबाट गठित वार्ता समिति विद्यार्थी संगठनबीच बुधबार भएको वार्तामा सहमती जुटेपछि दुईवटै ताला खोलिएको वार्ता समिति सदस्य उपप्राध्यापक सुधीरकुमार पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृति २०७९ साउनदेखि लागू हुनेगरी ५० प्रतिशत बृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको छ ।