क्रियटिभ ग्रुपद्वारा वाढी बागचाैरकी बाढीपीडितलाई सहयाेग

तुलसीपुर,२७ भदाै ।
सल्यान बागचाैर नगरपालिका वडा नं.८ स्थित क्रियटिभ ग्रुपले वाढीबाट वेपत्ता भएका परिवमरलाई आर्थिक सहयाेग गरेकाे छ । साेही वडा निवासी प्रमिला बुढाथाेकी(बस्नेत) काे परिवारलाई शनिबार घरमै पुगेर ५१ हजार एकसय एक रूपैँया आर्थिक सहयाेग गरिएकाे हाे । डा. कैलाश न्यौपाने, जीवन न्यौपाने, थल बहादुर बस्नेत, सुरेन्द्र पुरी, मान बहादुर बस्नेत, दुर्गा वस्नेत, टंक बस्नेत, शिव कुमार बस्नेत, भरत पुरी, नवराज वलीलगायतले सहयाेग गरेका हुन् ।

बुढाथाेकी रसुवा स्थित वाढीमा परि वेपत्ता भएकी छन् । उनकाे भदाै २० मा कुशकाे शव बनाएर अन्त्यष्टी गरिएकाे थियाे । उनका श्रीमानकाे केही बर्ष अघि काेराेनाले गर्दा मृत्यु भएकाे थियाे । दुबै जनाकाे मृत्युपछि दुई छाेराहरू साहाराविहीन भएकाले केही सहयाेग हाेस् भनेर सहयाेग गरिएकाे हाे ।


गाउँ घरमा कसैलाई अफ्ट्याराे पर्दा सहयाेग गर्नु पर्ने भन्दै यस्ताे कार्य गरिएकाे डा. कैलास न्याैपानेले बताए ।उनीहरूकाे १४ बर्षीय र ४ बर्षीय छाेरा छन ।