पहिरोले घोराही–लमही सडक खण्ड अवरुद्ध

घोराही, २२ साउन।
दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

बर्षादका कारण आज सोमवार विहान सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार गतबर्ष असोजमा ठुलो बर्षादका कारण पहिरो खसेको ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध हुन पुगेको हो ।

सडक सूचारुका लागि पहिरो हटाउने काम भैइरहेको छ । उहाँले भन्नुभयो,‘राती सडकमा लेदोसहितको ढुंगा र माटो खेसपछि सडक अवरुद्ध हुन पुगेको थियो । अहिले जेसीवीलगाएर पञ्छ्याउने काम भइरहेको छ ।’


वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख श्रेष्ठका अनुसार अहिले जेसिवीसहित सुरक्षाकर्मीहरुबाट पहिरो हटाउने काम भइरहेको छ ।

सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।