अफगानिस्तानका नागरिकको संरक्षणकालागि धर्ना

तुलसीपुर
७ कात्तिक / दाङको तुलसीपुरमा अफगानिस्तानका नागरिकको मानब अधिकार र स्वतन्त्रता संरक्षणकालागि दवाव दिईएको छ । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले सयुक्त राष्ट्र संघको स्थापना दिवसको दिन अवसरमा आईतबार तुलसीपुरमा धर्ना दिएको हो ।

शाखा सभापति तुल्सीराम सुनारको सभापतित्व तथा केन्द्रीय समावेशी सचिव निर्मल नेपाली, दाङ्ग शाखा संस्थापक सभापति डिल्लीराज धिताल, जेष्ठ नागरिक अध्यक्ष खुमान्नद अधिकारी, तुलसीपुर खानेपानी कोषाध्यक्ष सिताराम आचार्यलगायतको सहभागितामा धर्ना प्रदर्शन गरिएको हो ।


कार्यक्रममा कोषाधक्ष्य कमल डाँगी, सदस्य माधव बस्नेत,भिमलाल मरासिनीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहसचिब उषा गौतमले गरेकी थिइन ।