
घोरही, ३१ बैशाख । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ ।
भोली जेठ १ र २ गते दाङको घोराहीमा हुने सम्मेलनको तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । कमिटीका प्रदेश अध्यक्ष मुकेश थापाको अध्यक्षता एवं वाईसीएल नेपालका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज मिना चदराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भोलीदेखि सुरु हुने सम्मेलनको बारमा जानकारी गराईएको हो ।
दुई दिनसम्म संचालन हुने सम्मेलनको भोली पहिलो दिन घोराहीको ट्राफिक चोकबाट र्याली सुरु गरेर दाङ उद्योग वाणिज्य संघको सभाहलमा पुगी सभामा परिणत हुने छ । प्रदेशका १२ वटै जिल्लाबाट गरी २७८ जना प्रतिनिधिको सहभागीता रहेने प्रदेश अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार दोस्रो सम्मेलनले ९१ जनाको प्रदेश कमिटी चयन गर्ने छ ।
त्यसैगरी, सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेब’ ले गर्नुहुने छ ।



पत्रकार सम्मेलनका प्रमुख अतिथी चदराले दोस्रो सम्मेलनबाट जुझारु टिमबन्ने बताउनुभयो । उहाँले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाहरुको मुद्दा सम्बोधन गर्न दवाब सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । अबको दशवर्षलाई विकास, समृद्धि र रोजगारीको वर्ष बनाउनुपर्छ भन्ने वाईसीएल नेपालको धारणा रहेको र दोस्रो प्रदेश सम्मेलन पनि त्यसै अनुकूल अगाडि जाने उहाँले बताउनुभयो ।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, वाईसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ र वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुबाेधराज शेरपाईली लगाएतका नेताहरको पनि सहभागीत रहने प्रदेश अध्यक्ष खड्काले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण वाईसीएलका नेता अनिल सेर्पालीले गर्नुभएको थियो ।
लाइभदाङ । १ जेष्ठ २०८२, बुधबार २०:४९ बजे