राप्ती प्रादेशिक अस्पतालद्वारा सुरक्षाकर्मीहरूलाई स्वास्थ्य परिक्षण

दाङ, २१ माघ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका स्वास्थ्यकर्मीहरूले लुम्बिनी प्रदेश स्थापना दिबसको अबसरमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख पदम प्र. अधिकारी र इ.प्र.का प्रमुख ठाकुर प्रसाद पोख्रेलको समन्वयमा तुलसीपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य परिक्षण गरिएको हाे । ६४ जना सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य परिक्षण गरिएको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत जीवन खड्काले जानकारी दिनुभयो ।