लुम्बिनीमा ७ निर्देशनालयलाई मन्त्रालयमा गाभियो

तुलसीपुर,५ असार ।
लुम्बिनी प्रदेश सरकार मातहतमा रहेका ७ निर्देशनालय सम्बन्धित मन्त्रालयमै गाभिएको छ । मुलकमा आर्थिक अर्थतन्त्रमा शिथिलता उत्पन्न भई अर्थतन्त्र समेत दवावमा रहेको भन्दै दोहोरो कार्यक्षत्र भएका तथा हाल औचित्य नभएका ७ निर्देशनालयलाई सम्बन्धित मन्त्रालयमा गाभिएको प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताए ।

उनका अनुसार उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई उद्योग पर्यटन तथा यातायात मन्त्रालयमा गाभिएको छ । त्यस्तै यातायात पूर्वाधार निर्देशनालयलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, वन निर्देशनालयलाई वन मन्त्रालयमा, स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा, शिक्षा तथा सामाजिक विकास निर्देशनालयलाई र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयलाई कृषि तथा भूमि ब्यबस्था मन्त्रालयमा गाभिएको छ ।


सबै निर्देशनालयको चल अचल सम्पति, अभिलेखलगायतका सरकारी कागजात र दायित्वलाई आगमी साउन भित्र गाभिनेछ ।

साथै प्रदेश सरकारबाट गठन भएका संस्थाको पुनरावलोकन गर्दै नयाँ संस्था स्थापना कार्यलाई निरुत्साहित गर्ने प्रदेश सरकारले नीति लिएको मन्त्री मास्कीले बताए । त्यस्तै स्वीकृत दरबन्दी भन्दा बढि संख्यामा सेवा करारमा लिने नपाईने समेत ब्यबस्था गरेको उनको भनाई छ । साभरः अग्रिम साप्ताहिक