तुलसीपुरमा बस दुर्घटना हुँदा परियारकाे मृत्यु

दाङ, ७ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. छ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुदा  एक जनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका वडा नं.  १० निवासी २८ वर्षीय प्रेम परियारकाे मृत्यु भएकाे हाे । गम्भीर घाईते परियारकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
आईतबार साँझ ५ बजेतिर घाेराही तर्फ जाँदै गरेकाे बस दुर्घटना हुँदा अन्य २१ जना घाईते भएका छन् ।


ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरको ओरालोमा दुर्घटनामा परेकाे हाे । घाईतेहरूकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेकाे छ ।
घटनाका विषयमा अनुसन्धान भईरहेकाे प्रहरीले बताएकाे छ ।