पुर्वमन्त्री शर्माद्वारा दुःख ब्यक्त

दाङ, १२ कात्तिक ।
वाइसीएल तुलसीपुर नगर उपाध्यक्ष रबि बस्नेतको आज अन्तेष्टि गरिएको छ । गएराति तुलसीपुरमा भएको मोटरसाईकल दुर्घटनामा परि निधन भएका बस्नेतको तुलसीपुर –१७ पत्रेखोलाघाँटमा दाहासंकार गरिएको हो ।

मृतक बस्नेतको पार्थिव शरिरमा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा , पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज निर्मल आचार्य , पोलिटब्यूरो सदस्य दामा शर्माले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका –१७ मज्गै निवास २५ बर्षिय बस्नेत वाइसीएल तुलसीपुर नगर उपाध्यक्ष एवम् जिल्ला कमिटी सदस्य समेत रहनु भएको थियो ।


शर्माले श्रद्धाञ्जली ब्यक्त गर्दै बस्नेतको निधनले सिङ्गो माओबादी केन्द्र र आफुलाई समेत दुखित बनाएको बताउनु भएको छ। दाङको युवा आन्दोलनका अथक योद्धाका रुपका चिनिनु हुने बस्नेत लामो समयदेखि माओवादी केन्द्रमा आबद् रहदै आउनु भएको थियो ।

त्यस अबसरमा पुर्व मन्त्री शर्माले नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा बस्नेतले खेलेको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।