तुलसीपुर ११ प्रिगाउँमा सप्ताह लाग्ने

तुलसीपुर,१७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका – ११ प्रिगाउँमा सप्ताह लाग्ने भएको छ। शिव पाञ्चायाण मन्दिर निर्माण तथा महेश्वर शिव मन्दिरको भौतिक पूर्वाधारका लागि सोही स्थानमा रहेको शिव मन्दिरमा सप्ताह लगाउने जनाएको हो ।

सोमबार मन्दिर ब्यस्थापन समितिले पत्रकार सम्मेलन गरि माघ १८ गतेदेखि २५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ संचालन गर्ने जानकारी दिएको हो । मूर्ति तथा अन्य संरचना निर्माणकालागि करिब २५ लाख रुपैँया आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।


सप्ताह ज्ञान महायज्ञ संचालन गर्न गठिन समितिका संयोजक होमप्रकाश गौतमले झन्डै एक बिगाह क्षेत्रफलको जग्गा यो शिव मन्दिरले भोग चलन गर्दै आएको जानकारी दिए । कोषाध्यक्ष केशवराज केसीले स्वागत मन्तब्य ब्यक्त गरेको पत्रकार सम्मेलनको सहजीकरण मन्दिर ब्यबस्थापन समितिका महासचिव घनश्याम बस्नेले गरेका थिए ।

२०७१ सालमा उक्त मन्दिर स्थापना भएको हो । मन्दिरमा स्थानीय निरन्तर पूजा आरधनामा आउने गरेको, जेष्ट नागरिकहरु मन्दिरमा साँझ बिहान पूजा आरधनामा आउने गरेको मन्दिरका संस्थापक अध्यक्ष रोशण डाँगीले जानकारी दिएका थिए ।