
रोल्पा,१३ बैशाख ।
रोल्पामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । हिजो शनिबार राति परेको चट्याङका कारण परिवर्तन गाउँपालिका वडा नंम्बर ४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति करिब साढे ८ बजेको समयमा वलीको घरभन्दा करिब ५ मिटर पश्चिममा रहेको रुखमा चट्याङ परेको थियो । रुखमा परेको सोही चट्याङको असरले घरैमा रहेका वलीलाई लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङबाट एउटा गोरु समेत मरेको रोल्पा प्रहरीले जनाएको छ ।



लाइभदाङ । १३ बैशाख २०८३, आईतवार ०९:५६ बजे