रानीजरुवावासीले बर्षौ पछि पाउने भए खानेपानी

दीपक बोहरा
दाङ, १६ माघ ।
दाङको तुलसीपुर बजारकै रानीजरुवा वासीले खानेपानीकालागि लामो समय आन्दोलन गर्नु प¥यो । खानेपानीको माग गर्दै कहिले उपमहानगरपालिका त, कहिले खानेपानी कार्यालयमा धाउनु प¥यो । लामो समय आन्दोलन गर्दा–गर्दा आजित भएका तुलसीपुर ५ स्थित रानीजरुवा वासीले अब भने खानेपानी पाउने भएका छन् ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार त्यहाँ खानेपानी सहलगानी अन्तर्गत मंगलबारदेखि काम सुरु भएको हो । त्यहाँ ६ महिना भित्र खानेपानी खुवाउने गरि काम अघि बढाईएको उहाँको भनाई छ ।

त्यहाँ करिब ५ हजार बढि घरधुरी छन् । स्थानीय बेदप्रसाद वलीका अनुसार बिभिन्न १७ टोलका बासीले यस अघि कुवाको पानीबाट काम चलाएको भन्दै अब खानेपानीको धारा पाइप विस्तार हुन थालेपछि खुसी भएको बताउनुभयो ।“हामीले खानेपानीकालागि लामो समय आन्दोलन ग¥यौं”,उहाँले भन्नुभयो“अहिले पाइप विस्तार सुरु भएको छ, यसले हामीलाई उत्साहित बनाएको छ ।” आर्थिक अबस्था मजबुद हुनेहरुले ‘जार’को पानी खाने गरेको भएपनि अधिकांसले कुवाकै पानी खाएर जीवन चलाउने गरेको उहाँको भनाई छ ।


तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र शाहले पाइप विस्तार कार्यको सिलन्यास गर्नुभएको हो । त्यस अवसरमा उहाँले समयमै खानेपानी पाइप विस्तार गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । रानीजरुवामा बस्ति बसेको करिब २० बर्ष भयो । त्यहाँ बस्ति बसेको लामोसमयसम्म पनि त्यहाँका नागरिकले सहज रुपमा खानेपानी पाएका थिएनन् ।

बबई लिफ्टिङ अन्तर्गत उक्त कार्य अघि बढेको हो । अहिले सोही कार्य अन्तर्गत पाइप विस्तार तथा ट्याङ्की निर्माणको काम अघि बढेको छ । बबई नदीबाट तुलसीपुर बजार पानी ल्याउनकालागि उक्त कार्य अघि बढेको संस्थाका उपाध्यक्ष सिताराम शर्माले बताउनुभयो ।
संस्थाका सल्लाहकार जनकप्रसाद खरालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा शुसिल वली, इन्जिनियर बद्री कार्कीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब सेवकराम भण्डारीले गरेका थिए ।