जनताको आवाज बोल्न प्रेस सेन्टर जन्मिएको हो : भण्डारी

तुलसीपुर, १५ माघ । तुलसीपुरमा प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाइको छ । तुलसीपुरको विपिचौकमा सोमबार साँझ दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीले जनताको आवाज बोल्न प्रेस सेन्टर जन्मिएको बताएका छन् ।

उनले सेन्टर नेपालले आफ्नो जिम्मेवारी, अभिभारालाई निरन्तर अगाडि बढाउने र नेपाली जनताको लोकतान्त्रिक संघीय गणतन्त्रको रक्षाका निमित्त संविधान बनेको बताए साथै यसको विरुद्धमा धावा बोल्ने प्रतिक्रियावादी तत्वहरुको विरुद्धमा पनि आफ्नो आवाजलाई बुलन्द गर्ने बताए । ‘हिजोका प्रतिक्रियावादी तत्वहरु जनताको खुन पनिा चुसेर नेपाल राष्ट्रलाई खोक्रो बनाएहरुले आज गणतन्त्रको विरुद्धको बर्खिलाप बोलिरहेका छन् ।’ उनले भने ‘नेपाली जनताका प्रतिनिधिहरु जसले जनआन्दोलन, जनयुद्धमा ५० औं वर्षके लामो समय राजनीति आन्दोलनमा आफूलाई सहभागी गराइ योगदान पु¥याएकाहरु विरुद्ध बोल्ने प्रतिक्रियावादी वर्गहरुको विरुद्धमा निरन्तर बोलिरहन आजको आवश्यकता हो ।’


प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष दामोदर बस्नेत ‘राकेश’को अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा उपाध्यक्ष दीपक बोहराले स्वागत मन्तब्य ब्यक्त गर्दै जनताको आवाज बोल्न २०६१ सालमा अखिल क्रान्तिकारी पत्रकार संघ गठन भएको भन्दै हाल नाम परिबर्तन भएर प्रेस सेन्टर भएको बताए ।

तत्कालिन अबस्थामा गाउँ–गाउँमा पत्रकारिता क्षेत्रलाई प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै यो संगठन अन्य संगठन भन्दा गर्बिलो इतिहास बोकेको समेत बताए । कार्यक्रमको सहजीकण सचिव सुमन केसीले गरेका थिए ।