लुम्बिनीमा गठबन्धनका दुबै उम्मेदवार विजयी

दाङ, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। दुई सिटका लागि भएको निर्वाचनमा दुवै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

महिलामा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यमा माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन्। आधिकारिक घोषणा हुन भने बाँकी छ।


एमालेबाट अन्यमा झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलामा तुलसाकुमारी केसी, राप्रपाबाट महिलामा विजयालक्ष्मी सिंह र अन्यमा निरञ्जनकुमार थापा तथा जनमतबाट अन्यमा बालगोविन्द चौधरीको उम्मेदवारी परेको थियो ।