दाङमा नगद र ब्राउनसुगर सहित एक जना पक्राउ

तुलसीपुर,११ माघ ।
दाङमा नगद र ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क निवासी ३७ वर्षीया कमली नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।


नेपालीलाइ २ ग्राम २ सय ३० मिलिग्राम र नगद ३५ हजार ३ सय ५ रूपैयाँसहित सोही ठाउँबाट हिजो बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कमलीको रेष्टुरेन्ट तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरी यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।