मृत्यु संस्कारलाई खर्चिलो बनाउनु हुँदैनः उपमहासचिब पुन

तुलसीपुर,११ माघ ।
नेकपा(माओवादी केन्द्र)का उपमहासचिब बर्षमान पुनले मृत्यु संस्कारलाई भड्किलो बनाउन नहुँने बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं.१७ चौघेरा निवासी धनबहादुर खत्रीको १३ दिनको पुण्यतिथिमा भएको श्रद्धाञ्जली सभामा शोक मन्तब्य ब्यक्त गर्नुहुँदै पुनले विवाह, मृत्यु जस्ता कुराहरुलाई भड्किलो बनाउन नहुँने बताउनुभयो । सामाजिक रुपमा सभ्य र मर्यादित बनाउनुकासाथै कम खर्चिलो बनाउनु पर्ने उहाँको भनाई थियो ।


मृत्यु भन्दा अघि गरिने हेरचाहलाई ध्यान दिनुपर्ने भन्दै यसमा ख्याल गर्नुपर्ने उहाँको भनाई छ । त्यस अवसरमा पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा, माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यलगायतको सहभागिता रहेको थियो ।