किसानहरूलाई अनुदानमा धानको बिउ वितरण

दंगीशरण,०१ जेष्ठ ।
दंगीशरण गाउँपालिका कृषि शाखाले आफ्नो गाउँपालिकाभित्रका किसानहरूलाई ५०% अनुदानमा धानको बिउ वितरण गरेको छ । आर्थिक वर्ष ८२-८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खाद्यान्न बालीको बीउ बितरण कार्यक्रम अन्तर्गत धानको विउ बितरण गरिएको गाउँपालिकाले जनाएकोछ ।

शुक्रबार एक कार्यक्रमका बीच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भुगिरी गाउँपालिका उपाध्यक्ष पीमा ओली खड्का गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली वडा नम्बर ३ का वडा अध्यक्ष सुकलाल चौधरी लगायतको उपस्थितिमा धानको बिउ वितरण गरिएको हो।


गाउँपालिकाले हर्दिनाथ ५ ,रामधान, सावा मनसुली, हर्दिनाथ ६, र चैते ५ धानको बीउ वितरण गरेको हो।
गाउँपालिकाले हरेकवर्ष किसानमुखी कार्यक्रमहरु लाई महत्त्व दिदै आएकोछ ।