
तुलसीपुर, ३० चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले ३३औं स्थापना दिवस मनाएको छ । शनिबार नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले सबैको विकासको सबैको सहकार्यले आवश्यक पर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख खड्काले आफू जुन पार्टीबाट निर्वाचित भएपनि सबैको भावनालाई समेटेर काम गरेको बताएका छन् । उनले सडक, शिक्षा, स्वास्थ्य तथा कृषिमा उल्लेख्य कामहरु भएको बताए ।



कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेत, पूर्व नगर प्रमुख ढुन्डीराज लामिछानेलगायतले तुलसीपुरको समग्र विकासकालागि ख्याल गर्नुपर्ने बताएका थिए । स्थापना दिवसका अवसरमा उपमहानगरमा भएको रक्तदान कायक्रममा जनप्रतिनिधि र कर्मचारीसहित २१ जनाले रक्तदान गरेका थिए ।
लाइभदाङ । ३० चैत्र २०८१, शनिबार २१:१९ बजे