राष्ट्रियसभा निर्वाचन : मुख्यमन्त्री चौधरीद्वारा मतदान

दाङ, ११ दाङ ।
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गर्नुभएको छ। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रबाट मुख्यमन्त्री चौधरीले मतदान गर्नुभएको हो।

प्रदेशका मुख्यमन्त्री डिलबहादुर चौधरीले मन्त्रालय मतदान गरेसँगै प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन्।


दुई सिट रहेको लुम्बिनीमा ६ जनाको उम्मेदवारी परेको छ। गठबन्धनको तर्फबाट महिलाकोटामा नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह उम्मेदवार रहेका छन् । त्यस्तै अन्य कोठामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरीले प्रतिस्पर्धा गर्दैछन् ।

लुम्बिनीमा प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य र २१८ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गरिरहेका छन्।