सिमेन्ट बोकेको गाडी दुर्घटनामा हुँदा तीन जना घाईते

दाङ, ९ माघ । तुलसीपुरमा सिमेन्ट बोकेको गाडी दुर्घटनामा परी तीन जना घाईते भएका छन् ।  दुर्घटनामा परी गाडी चालक तुलसीपुर-७ डाँडापातुका ३० वर्षिय गंगा चौधरी, गाडीमा सवार तुलसीपुर-४ खाद्रेका ४४ वर्षिय शेरबहादुर खड्का र तुलसीपुर-४ लामीदमारका ६४ वर्षिय जुवबहादुर खत्री गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।  तुलसीपुरबाट लामिदमारतर्फ जाँदै गरेको रा १ ज ४०९ नम्बरको गाडी मंगलबार दिउँसो साढे दुई बजेतिर तुलसीपुर-४ लामीदमारमा दुर्घटनामा परेको हो ।


गाडी करिब ६० मिटर तल खसेको छ । गाडी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।