पूर्वप्रधानमन्त्री खनाल दाङ आउने

दाङ, १९ चैत ।
पुर्वप्रधानमन्त्री झलनाथ खनाल दाङमा आउनुहुने भएको छ । नेकपा एकिकृत समाजवादीका नेता समेत रहनुभएका खनाल पाटीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि दाङको घोराहीमा आउनुहुने भएको हो । नेता खनाल यहि चैत २१ गते सोमबार दिन घोराहीमा आउन लागेको पाटीका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो ।

घोराहीका पुरानो बसपार्कको सभागृहमा संचालन हुन लागेको बृहत कार्यकर्ता भेलालाई नेता खनालले सम्बोधन गर्नुहुने भएको हो । त्यसअवसरमा नेकपा एकिकृत समाजवादी दाङले शक्ति प्रदर्शन गर्ने प्रचार विभाग प्रमुख कुमालले बताउनुभयो । जिल्लाका दश स्थानीय तह र एक सयवटै वडाबाट नागरिकको सहभागीता रहने उहाँले बताउनुभयो ।


कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ । चुणर्बहादुर वलीलाई, जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पाटीका जिल्ला अध्यक्ष शुरामनी बेल्वासेको संयाकत्वमा पाटी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।

यस्तै सचिवालय संयोजक प्रेम बुढालाई स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाखालाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि तयारीलाई तिब्र पारिएको प्रचार विभाग प्रमुख कुमालले बताउनुभयो ।