चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं
१६ भदौ /  सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।’

May be an image of 1 person and text

May be an image of 1 person and text


May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'