बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे अध्यक्षमा बामदेव चाैधरी सर्वसम्मत चयन

तुल बहादुर कवँर मगर
दाङ, २८ पुष ।

बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका–५ सिसहनियाँको अध्यक्षमा बामदेव चाैधरी सर्वसम्मत चयन हुनु भएको छ ।

संस्थाको शुक्रबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजित १३ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले अध्यक्षमा चाैधरीलाई सर्वसम्मत चयन गरेको हो । चाैधरीकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

जस अनुसार उपाध्यक्षमा कर्ण बहादुर ज्ञवाली , सचिवमा जिवराज भट्टराई , कोषाध्यक्षमा तपेश्वर चाैधरी रहनु भएको छ। त्यसै गरि सदस्यहरुमा जीवन अधिकारी मिट्ठु चाैधरी,यम बहादुर चाैधरी,सुदिप चाैधरी र इन्द्र नेपाली रहनु भएको छ।

त्यसै गरि अधिवेशनले प्रेमलाल चाैधरीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसकाे सदस्यहरुमा छविलाल चाैधरी र पुरन चाैधरी रहनु भएको छ।


संस्थाका अध्यक्ष देवप्रसाद चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव विष्णुप्रसाद चाैधरी र आर्थिक प्रतिवेदन व्यवस्थापक बालिका शर्माले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य खुसल घिमिरे ,जिल्ला बचत संघ दाङका सचिव रामकृष्ण आचार्य,हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका निवर्तमान अध्यक्ष शिवध्वज मल्ल र राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

जसमा असल बचत कर्ताको रुपमा नवीन चाैधरी,प्रेमलाल चाैधरी,विष्णुप्रसाद गुप्ता,भुवन रावतलाई सम्मान गरिएको थियोे । त्यसै गरि असल ऋणीको रुपमा मनाेज चाैधरी,धाेडवा चाैधरी,जीवन अधिकारी ,निखिल चाैधरी र जेष्ठ सदस्यहरु कुलविर राेका र टीका देवी भण्डारीलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष कर्ण बहादुर ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको सभा उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक बालिका शर्माले गर्नु भएको थियोे ।

२०७७ साल पुस २७ गते बिहानी,हरियाली, जनजिविका र महाप्रभु बचत तथा ऋण सहकारी संस्था एकिकरण गरि देउखुरी बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा दर्ता भई सञ्चालनमा आए पनि साविकको महाप्रभुमा कर्मचारीद्धारा आर्थिक हिनामिना सम्बन्धि मुद्दा जिल्ला अदालतमा दर्ता भई कानुनी प्रकृया अगाडी बढिरहेका बेला एकिकृत सहकारीहरु बिच विवाद बढ्दै जान थालेपछि २०८० कार्तिक १ गते लुम्बिनी प्रदेश गृहमन्त्रालयको मन्त्री स्तरीय निर्णयले एकिकृत संस्था बदर गरि साविकका संस्थाहरुलाई पुर्नजिवित गरे सँगै बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीन आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को बाँकी रहेको वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन सम्पन्न गरेको हो ।