दाङमा १७ जुवाडे पक्राउ

तुलसीपुर, २९ असोज । दाङमा १७ जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–२ बालापुरमा जुवा खेलिरहेकाे अबस्थामा सोही ठाउँका रोशन डाँगी, नुमेश डाँगी, लोक बहादुर वली, दलबहादुर डाँगी, दंगीशरण गाउँपालिका–७ निबासी पूर्णबादुर डाँगी र वडा नं ५ निबासी कमल वली रहेको प्रहरीले वताएकाे छ ।


दलबहादुर डाँगीको घरमा जुवा खेलिरहेको अबस्थामा ६५ हजार नगद सहित गएराति १० बजेतिर पक्राउ गरेको हो ।
त्यस्तै बबई गाउँपालिका–२ सितापुर निबासी गोपाल शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले करिब २६ हजार नगद सहित १४ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बबई गाउँपालिका–२ निबासी दिपक श्रेष्ठ, दिलबहादुर विक, मनोज शर्मा, रुद्र सिह डाँगी, अनिल गौतम, दल बहादुर केसी, पंकज शर्मा, लालबहादुर जीसी, बीर बहादुर जिसी, राजकुमार शर्मा, डम्बर बहादुर गिरी, भुवन शर्मा, थलबहादुर वली, अम्मर केसी रहेको ईलाका प्रहरी कार्यालय पञ्चकुलेका प्रहरी निरीक्षक नविन चुडालले वताए ।
करिब साढे ११ बजे राति पक्राउ गरेको थियो ।