विद्यालयमा भएको घटना अस्वभाविक : गुरुजजुर

तुलसीपुर, ३ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौर स्थित गुरुजजुर नमुना मध्यामिक विद्यालयमा भएको घटना अस्वभाविक भएको विद्यालयले बताएको छ ।

प्रधानाध्यापक विष्णु कुमारी केसीले विज्ञप्ति जारी गरि अस्वभाविक र दुखद घटना भएका कारण विद्यार्थीको शिक्षण सिकाईमा कुनै असर पर्न नदिन दृढ रहेको बताईन् । साथै अभिभावक र विद्यार्थीमा धैर्य रहन विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

विद्यालयमा शिक्षकले क्यालेन्डर च्यातेको भन्दै १ जेठमा ब्यबस्थापन समिति अध्यक्ष लोकमनी पोख्रेलले दुई शिक्षकमािथ हातपात तथा दुब्र्यबहार गरेका थिए । पूर्व प्रधानाध्यापक प्रमोद आचार्य र पूर्व सहायक प्रधानाध्यापक झग्गु केसीमाथि हातपात गरेका थिए ।


हातपात पछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर अध्यक्ष आचार्यले माफी मागेका थिए । तर, पीडित शिक्षकहरुले अध्यक्षको जिम्मेवारीबाट हट्नु पर्ने माग राख्दै आएका छन् ।