टेक्टर ब्यबसायी भन्छन्ः जनप्रतिनिधिले कमिसन मागे

तुलसीपुर, २६ पुस । जनप्रनिधि र कर्मचारीहरुले आफूहरुसंग कमिसन मागेको भन्दै ट्याक्टर ब्यबसायी आन्दोलित बनेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुसंग कमिसन मागेको भन्दै विहीबार तुलसीपुर उपमहानगरपालिकाको गेटमा तालाबन्दी समेत गरे ।


बैधानिक रूपमा नदीजन्य बस्तु ओसारपसार गर्दा समेत नियन्त्रणमा लिएर कारबाही गर्न खोजेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । आफूहरुसंग घुस माग्ने गरेको समेत उनीहरुको आरोप छ ।