तुलसीपुरमा प्लाष्टिक विस्थापित गर्न कपडाका झोला उत्पादन तालीम

तुलसीपुर
३२ साउन / दाङको तुलसीपुर उपमहानगरपालिकालाई प्लाष्टिक मुक्त अभियान अघि बढाएको छ । तर, सार्थकता लिन नसकिरहेको अबस्थामा प्लाष्टिकका झोला विस्तापित गर्न तुलसीपुरमा झोला उत्पादन तालिम प्रदान गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका र ग्रीन फाउन्डेशनको साझेदारीमा तुलसीपुर बहुप्राबिधिक शिक्षालयले उक्त कार्यक्रमको आयोजना गरेको छ । जहाँ तुलसीपुरका १६ महिलाहरुको सहभागिता रहेको छ ।

कपडाका झोला निर्माण, टि–सर्ट निर्माणकालागि तालीम प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले जानकारी दिनुभयो ।“हामीले तुलसीपुरलाई प्लाष्टिक मुक्त बनाउन चहान्छौं”, उहाँले भन्नुभयो“प्लाष्टिक विस्तापित गर्नकालागि कपडाका झोला उत्पादन गर्न तर्फ प्रोत्साहन गर्नु प¥यो, सोही अनुसार तालीम प्रदान देखि , मेसिन उपलब्ध गराउनेसम्मका कार्यक्रम रहेका छन् ।” उहाँले सीप सिकाउने र त्यसलाई व्यबसायीमा रुपान्तरण गर्नकालागि आबश्यक उपकरण पनि प्रदान गर्न लागिएको उहाँको भनाई छ ।

महिलाहरु व्यबसायमा जोडिएसंग महिला हिंसा पनि अन्त्य हुने उहाँको भनाई थियो । तुलसीपुरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्नका लागि कपडाको झोला आवश्यक रहेको तुलसीपर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।


मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले तालीमसंगै स्वरोजगार प्रदान गर्ने उद्देश्यसंगै सामाजिक भावना समेत बोकेको विज्ञ सदस्य विनोद शर्माले बताउनुभयो ।“हामीले तालीम दिएर सीप सिकाएर व्यबसायीक रुपमा सक्षम पनि बनाउछौं ”, उहाँले भन्नुभयो“त्यतिमात्रै नभएर बजारमा आबश्यक के छ, समाजमा के आवश्यक छ, त्यस्ता कुरालाई पनि ध्यान दिएर कार्यक्रम चलाउर्छौ, जस्तै तुलसीपुरमा अहिले प्लाष्टिक मुक्त बनाउनु थियो, त्यसलाई आधार बनाएर तालिम दियौं ।”

कपडाका सामग्री उत्पादन गर्दा वातावरणलाई पनि उत्तिकै फाईदा पु¥याउने तथा व्यबसायीक रुपमा पनि राम्रो रहेको व्यबसायी तथा अभियन्ता पदमप्रसाद पोखरेलले बताउनुभयो । यस्ता कार्यक्रमलाई निरन्तरता दिने विज्ञ सदस्य पुष्पा लामिछानेले बताउनुभयो ।

साथै व्यूटिपार्लर तालीम पनि सञ्चालन भएको छ । कार्यक्रमको आईतबार एक कार्यक्रम गरि समापन गरिएको छ । कार्यक्रमको सहजीकरण मेट्रो कलेजका प्रिन्सीपल बसन्त आचार्यले गरेका थिए ।