तुलसीपुर-८ मा अक्षरसुधार कार्यशाला सुरु

दाङ, २५ पुष  ।
तुलसीपुर उपमहानगरपालिका वडा न. ८ मा अक्षरसुधार कार्यशाला सुरु भएको छ । डिभाइन इन्स्टिच्युट तुलसीपुरको सहकार्यतामा विद्यार्थी शिक्षक संयुक्त अक्षरसुधार कार्यशाला सुरु भएको हाे । श्री शहिद स्मृति प्राथमिक विद्यालय टिकरीको व्यबस्थापनमा सुरु भएको हाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज ओलीको प्रमुख अतिथिमा अक्षरसुधार कार्यशाला सुरु भएको हाे । कार्यशालामा बाेल्दै अध्यक्ष वलीले अक्षर लेख्ने टेक्निक जानेर अभ्यास निरन्तर गरिराख्यो भने विद्यार्थीहरुमा राम्रो अक्षर लेख्ने बानिको विकास हुने बताउनु भयो।
अक्षर सुधार कार्यशालाका प्रशिक्षक हिमाल डाँगीले सुन्दर अक्षर लेखनको अभ्यास र विकासले विद्यार्थीहरुको चौतर्फी व्यक्तित्व निर्माणमा समेत सहयोग पुर्याउने हुदा विद्यार्थी शिक्षकका लागी गहना भएको बताउनु भयो ।
सुरुमा अनुहार जस्तै अक्षर देखिने भएकाले यसलाई सुन्दर तरिकाले लेख्नु पर्ने र अक्षरकै कारण विद्यार्थीको परिक्षामा प्राप्त गर्ने अंकमा पनि यसले फरक पार्ने हुदा सबैले सुन्दर र अक्षरलाइ नियमबद्द गर्न सिक्नु पर्ने बताउनु भयो।
विद्यालयका प्र.अ हरि बहादुर बिश्वकर्माले विद्यार्थीहरु सबैले एकनास र नियममा अक्षर लेख्न सिक्ने बिस्वास राख्दै ३ दिने कार्यक्रम विद्यालयका लागी शैक्षिक सुधारमा उपयोगी हुने बताउनु भयो ।


बि.व्य. स अध्यक्ष चिरञ्जीवी शर्माको अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरणको विद्यालयका प्र.अ हरि बहादुर बिश्वकर्माले गर्नुभएको हाे ।