तुलसीपुरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

तुलसीपुर, २०-पुस/ दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

शुक्रबार बेलुका ६ बजेको समयमा तुलसीपुर ५ स्थित बजारबाट ३ ग्राम ५२० मिलीग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवा बस्ने २१ वर्षीय प्रदिप बुढाथोकी, सोही ठाउँ बस्ने २१ वर्षिय सन्जिव कठायत र २१ वर्षीय चन्द्र प्रकाश केसी रहेका छन् ।


प्रदिप बुढाथोकीले लागू औषधको कारोबार गरि रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यलय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।