
दाङ, २७ माघ ।
दाङको राप्ती लोकमार्ग अन्तर्गत बजार क्षेत्रका बासिन्दाहरु अन्यौलमा छन् । सडककालागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने भनि सरकारले भन्दै आएको भन्दै यसले आफूहरुलाई अन्योल बनाएको राप्ती राजमार्ग सरकोकार मन्चका अध्यक्ष नवराज लामिछानेले बताए । उनका अनुसार सोही सडक बिरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दाँया–बाँया तर्फका बासिन्दाहरु मारमा परिरहेका छन् ।
अहिले १५ मिटर सडक छोडेको भएपनि त्यसमा सडक पनि नबनेको र त्यसमा पर्ने खाल्डाखुल्डीले मानविय क्षति पुगिरहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । अहिले फेरि २५ मिटर सडक र ६ मिटर फटपाथकालागि छोड्नु पर्ने कुरा उठिरहेको भन्दै यसले झनै अन्योल थपेको लामिछानेको भनाई छ।
यसमा अन्यौल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रिवितरणमा समस्या हुने गरेको, बैंक ऋण समेत पाउन नसेकेको, घरको नक्सा पास समेत रोखिएको अबस्था रहेको उनको भनाई छ । सडकमा स्तरोन्नति समयानुकुल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटर भित्रका खलडाहरु पुुर्नुपर्ने भन्दै मंगलबार तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गरि दवाव सिर्जना गरिएको थियो । दाङ क्षेत्र नं.३ का सबै उम्मेदवारहरु सार्वजनिक सुुनुवाई कार्यक्रममा सहभागि थिए ।
त्यस अवसरमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक गिरीले यो विषयको हल अदालतबाट हुने बताई । उनले यो विषय समाधानकालागि अदालतमा जान समेत सुझाब दिए । त्यस्तै एमालेका उम्मेदवार घनश्याम पाण्डेले यो समस्या समाधान गर्नकालागि आफू प्रतिबद्ध रहेको समेत बताई । उनले यो विषयकालागि आफूले पटक–पटक पहल गरेको समेत बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले बजार विस्तारकालागि यस्ता थुप्रै समस्याहरु रहेको बताए । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले बजार विस्तारमा यसले निकै असर गरिरहेको भन्दै यो समस्या समाधान नगरेर कडा संघर्षको समेत चेतावनी दिए ।



लाइभदाङ । २८ माघ २०८२, मंगलवार २३:२५ बजे