तुलसीपुरमा बालविवाह गरेको आरोपमा बेहुला र पण्डित पक्राउ

तुलसीपुर, २०पुस ।
दाङको तुलसीपुरमा बालविवाह हुँदै गरेको अवस्थामा दुलाह र विवाह गराउने पण्डित मण्डपबाटै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुईया निवासी बेहुला २९ वर्षीय डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय तारा प्रसाद देवकोेटा (पण्डित) रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

डाक्टर केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबिच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह मण्डपबाटै बिहीबार दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।


पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरीको भनाइ छ ।