जन्मदिनको अवसरमा प्रधानाध्यापक वलीद्धारा स्टेशनरी वितरण

तुलसीपुर, १६ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर मावि उरहरीमा विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले आफ्नो जन्मदिनको अवसरमा ५ हजार ५ सय रुपैया बराबरको उक्त सामग्रि वितरण गर्नुभएको हो । विद्यालयका जेहेन्दार, अनुसाशित तथा बिपन्न घरपरीवारका २४ जना विद्यार्थीलाई कापी, कलम र इरेजर वितरण गर्नुभएको थियो ।


जन्मदिनको अवसरमा भजुल खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रको विकासको लागि खर्च गर्नु उपयुक्त ठानेर सहयोग गरेको प्रधानाध्यापक वलीले बताउनुभयो । आफ्ना लागि सबै विद्यार्थी समान भएपनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छानेर स्टेशनरी वितरण गरिएको उहाले बताउनुभयो । अन्य विद्यार्थीलाई पनि आगामि दिनमा समाबेश गरिने उहाले बताउनुभएको छ । प्रधानाध्यापक वलीको जन्मदिन जेठ १५ मा विदा परेको हुदा १६ गतेका दिन सामाग्रि वितरण गरिएको हो ।