बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवाको चिसापानीमा दुर्घटना,२८ घाईते

आलोक भावुक
गढवा,१८ पुस ।
२८ जना घाईते बिहेको पात टिपेर फर्किदै गरेको ट्रान्सफर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो। घाईते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ।


जानकारी पाउन साथ दुर्घटना स्थलमा पुगी उद्घार गरी २८ जना लाई उपचारकाका लागि लमही अस्पतालमा पठाईएको थियो। गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाईतेहरुलाई अस्पताल पुर्याईएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिनु भयो।

गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशालाम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी आफ्नो नियन्त्रणमा लिने जनाएको छ ।