
तुलसीपुर, ५ साउन । राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर, दाङले केही दिन अघि गरेको जग्गा नापजाँच पछि सार्वजनिक भएको प्रतिवेदनप्रति स्थानीयले आपत्ति जनाएका छन् । अस्पतालको तीन वटा कित्तामा ४३ वटा घरहरु बनेको नापी टोलीले प्रतिवेदन बनाएको छ । तर, यो नापजाँच बैज्ञानिक नभएको भन्दै टोटल स्टेसन र म्यान प्वाइन्ट को प्रयोग गरी दक्ष तथा विज्ञ अमिनहरूको टोलीमार्फत जग्गा नापजाँच गर्नुपर्ने भन्दै स्थानीयले अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएका हुन् ।
उक्त नापजाँच प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउनका लागि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, समाजसेवी, पत्रकार र स्थानीय वडा कमिटीको प्रत्यक्ष रोहवर हुनुपर्ने समेत उनीहरुको माग छ ।
स्थानीय लिला खत्री, प्रकाश केसी, पवित्रा खत्री, नन्दलाल खत्री, खुमा केसी, टिकाराम खड्कालगायत १६ जना स्थानीय बासिन्दाहरूले हस्ताक्षर गरी अस्पतालका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जसमा जग्गाको वास्तविक सीमांकन सार्वजनिक गरिनुपर्ने मुख्य माग राखिएको छ ।
यस्तो छ प्रतिवेदन



लाइभदाङ । ५ श्रावण २०८३, मंगलवार २१:३६ बजे