सामुदायिक रेडियो हापुरेका नयाँ सञ्चालक समितिलाई स्वागत तथा सम्मान

हापुरे, १५ पुष ।
दाङको बबई गाउँपालिका वडा नम्बर ४ बाट सञ्चालित सामुदायिक रेडियो हापुरे ८९.४ मेगाहर्जका नयाँ सञ्चालक समिती परिवारलाई स्वागत तथा सम्मान गरिएको छ ।


रेडियोको गत मंसीर ३० गते सम्पन्न चौथो शेयर भेलाबाट निर्वाचित समीतीका पदाधिकारी तथा सदस्यहरुलाई रेडियोका स्टेसन म्यानेजर रामप्रसाद सुवेदीले सञ्चालक समीतीको पहिलो बैठकको अवसरमा कर्मचारीहरुको तर्फबाट स्वागत तथा सम्मान गर्दै रेडियोको अवस्था बारे जानकारी गराउनु भएको हो ।