लक्ष्मण बस्नेत
तुलसीपुर, १८ भदौ ।
महिला तथा किशोरीहरुलाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम आज शुक्रबार देखि दङ्गिशरण गाउँपालिकाको हेकुलीमा सुरु भएको छ । सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिन सम्म चल्नेछ ।
किशोरीहरुलाई परि आउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने?,हिंसाका किसिमहरु के–के हुन?, आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा प्रशिक्षण दिईनेछ ।
गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका छन् ।
यसैबिच तालिमको उद्घाटन बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्ट को अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका वडा न ७ का अध्यक्ष वीर बहादुर वलिको प्रमुख आतिथ्यमा भएको थियो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी वलीले आत्म रक्षा कला महिला तथा किशोरी का लागि मात्र नभएर आम नागरिक को रक्षामा महत्त्वपूर्ण भएको बताए । कुनै हतियार न कुनै रक्तपात केवल आफूसंग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्त्वलाई सबैले बुझ्नु पर्ने बताए ।
सो अबसरमा दङ्गिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी,गाउँपालिकाका न्यायीक समिती उजुरी प्रशासक यादव डाँगी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सीडका सामाजिक परिचालक सीता चौधरीले गरेकी थिइन् ।
लाइभदाङ । १८ भाद्र २०७८, शुक्रबार १९:४१ बजे