त्रिभुवन विश्वविद्यालयले बनायो विश्वरेकर्ड

काठमाडौं, २ पुष ।
त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ।


‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।

आजको दीक्षान्त समारोह अवलोकन गर्न ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधि नेपाल आएका थिए।