एमालेका पोखरेललाई झन्डै हजार मतले पछि पार्दै माओवादीकी रेखा शर्मा

दाङ, ५ मंसिर ।
दाङ क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा खड्काले झन्डै हजार मतको अग्रता लिइरहेकी छन्।

पछिल्लो मत परिणामअनुसार उनले ३३३७ मत प्राप्त गरेकी छन्, भने नेकपा एमालेका महासचिव शंकर पोखरेलले उनलाई पछ्याइ रहेका छन्।
७६
महासचिव पोखरेलले पछिल्लो परिणामअनुसार २३५५ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ९७५ मत प्राप्त गरेका छन्।