बबई गाउँपालिकामा ३२ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

हापुरे, १० मंसिर ।
दाङको बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बम कुमारी खड्काले बबई गाउँपालिकामा लैङ्गिक हिंसाका घटना न्युनिकरणमा आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको छ । “लैङ्गिक हिंसा अन्त्यको शुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ शनिबारदेखि विश्वभर सुरु भएको ३२ ओै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बबई गाउँपालिकामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका खड्काले समाजमा लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला माथि हुने कुटपिट र दुर्रब्यबाहारहरु मात्रै बुझ्ने गरिएको भएपनि पछिल्लो समय पुरुष हिंसाका घटनाहरु समेत न्यायिक समितिमा आउने गरेको बताउनुभयो ।

उहाँले जातिय छुवाछूतका घटना बोक्सीको आरोप लगायतका पनि हिंसाकै स्वरुप भएको बताउनुभयो । खड्काले हिंसा अन्त्यका लागि सबैको भुमिका महत्त्वपूर्ण रहने बताउदै हिंसा अन्त्यको सुरुवात आफैबाट गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रिले पछिल्लो समय अधिंकास युवाहरुको रोजाई बैदेशिक रोजगार हुने गरेकाले पनि समाजमा लैङ्गिक हिंसाका घट्ना बढ्दै गएको टिप्पणी गर्नुभयो । अध्यक्ष क्षेत्रीले नेपालको संविधानले मानव अधिकारका कानुन निर्माण गरेको भए पनि अधिकार प्राप्तिका लागी संघर्ष गर्न नसक्दा समस्या अधिकांश ब्यक्ति हिंसाका सृजना हुने गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता तथा बैज्ञानिक बन महासंघका केन्द्रीय महासचिव पर्शराम भुसालले हिंसाको स्वरुप एकै प्रकृतिको नहुने बताउनुभयो । भुसालले लैङ्गिक हिंसा मात्रै नभएर राजनीतिक, आर्थिक,सामाजिक सांस्कृतिक, वर्गीय,जातिय र अन्य विभिन्न बाहानामा गरिने विभेद पनि हिंसाकै एउटा रुप भएको बताउनुभयो । उहाँले सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रमका अर्का बक्ता इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजय जंग थापाले हिंसाको सुरुवात घर परिवार बाटै हुने भएकाले यस्को अन्त्यका लागि घरबाटै अभियान थाल्नुपर्ने बताउनुभयो । हिंसात्मक घट्नामा संलग्न दोषिलाई विभिन्न खाले सजायको ब्यबस्था भएको बताउदै थापाले कुनै प्रकारका घटना घटेमा ढाकछोप गर्न नहुने भन्दै तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो

बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको उद्घाटन कार्यक्रममा बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगर,दलित सेवा संघ दाङका कार्यक्रम संयोजक छवि परियार,बबई गाउँपालिका वडा नम्बर २ का वडा सदस्य द्वय गिता परियार र प्रेम कुमारी डाँगी, वडा नम्बर ६ का वडा सदस्य लक्ष्मि सुनार,संगिना संरक्षण मञ्च बबईका उपाध्यक्ष राजकुमारी बुढा महिला सञ्जाल बबई २ कि सदस्य सरस्वती वली लगायतकाले सुभकामना मन्तब्य राख्नुभएको थियो ।

आईएन एफ नेपालद्वारा सञ्चालित एक्टिभ परियोजना दाङका सुपरभाइजर चुलु चौधरीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य आईएन एफ नेपालद्वारा सञ्चालित सिविआईडी परियोजना सुपरभाइजर शुसिला बिसिले राख्नुभएको कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रम अब वडा स्तरमा केन्द्रित हुने बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले बताउनुभयो । कार्यक्रम अन्तरगत ७ वटै वडामा जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम तथा संगिना संरक्षण मञ्च नेपालको जनचेतनामूलक सडक नाटक रहेको रावतको भनाई छ।